२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा निःशुल्क दन्त शिविर

मंगलवार , भाद्र १, २०७८

भैरहवा, १ भदौ । 
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भैरहवामा मंगलबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाको प्राविधि सहयोगमा सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयमा शिविर भएको हो । शिविरमा १ सय जनाको दाँत परीक्षण र १ सय जनाको मधुमेह गरिएको कार्यक्रम संयोजक केशव भण्डारीले बताए । जेसीआई सप्ताह–२०२१ अन्तर्गत पाँचौ दिन निःशुल्क दन्त शिविर आयोजना गरिएको जेसीआई सप्ताह निर्देशक दिपक काफ्लेले बताए ।

जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, जेसीआई सिद्धार्थका मानार्थ सदस्य डा. गोविन्द बल्लभ भट्टको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक केशव भण्डारीको स्वागत, अंकित शर्माको आस्था पाठ तथा अनित गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जेसीआई सप्ताह अन्तर्गत शैक्षिक सामग्री वितरण, उत्प्रेरणात्मक तालिम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा खिर खुवाउन कार्यक्रम सम्पन्न भइसकेको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।