२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लियो क्लब तिलोत्तमाद्धारा खाद्यान्न तथा खाना वितरण 

बिहिवार , भाद्र २५, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, २५ भदौ । 
    लियो क्लव अफ तिलोत्तमाले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावित भइ खानाको अभाव भएकाहरुलाई खाद्यान्न तथा खाना वितरण गरेको छ । क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गको जन्मदिनको अवसर पारेर भदौ १६ गते ५० जनालाई खाद्यान्न वितरण गरेको र १७ गतेदेखि २४ गतेसम्म खाना वितरण गरिएको गुरुङ्गले बताए ।

    कोही पनि खानाको अभावमा रहन नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको पहिलो दिन २ सय ५० जनालाई खान प्रदान गरिएको थियो भने अन्य दिनमा ७५ देखि १ सय जना लाई खाना प्रदान गरिएको गुरुङ्गले जानकारी दिए ।
    खासगरी यस अभियानमा नमस्ते क्याफे भाटभटेनीका विक्रम गुरुङ्गले विशेष सहयोग गरेका थिए ।

    खानाकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ संचालन गरिएको कार्यक्रमको समापनमा लियो क्लब ३२५ बी २ का एरिया चिफ गोविन्द बञ्जाडे, सेलिब्रेशन डे को डिष्ट्रिक कोर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, लियो क्लव अफ तिलोत्तमाका पूर्व अध्यक्षहरु निर्मित कसजु, सुमित श्रेष्ठ, राजन कसजु, द्धितीय उपाध्यक्ष अनिल पंगेनीको उपस्थिति रहेको क्लबका सचिव सृष्टि ढकालले जानकारी दिइन् ।