images
images

आइतवार, जेठ ६ गते २०८१

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

images
images
images
मंगलवार, भाद्र १ २०७८
मंगलवार, भाद्र १ २०७८
  • भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

    काठमाडौँ १ भदौ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ । 

     विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्डविपरीत पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।  विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिए । 

    “सिमेन्टको तीन दिनको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा १६ एमपीए आउनुपर्नेमा नौ एमपिए र सात दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपिए आउनुपर्नेमा १५ एमपिएमात्र आएकाले बिक्री वितरण रोक्का गरी स्पष्टीकरण सोधेका हौँ”,  उनले भने । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पीपीसीको बिक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशनसमेत दिएको छ । रासस

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij