images
images

सोमवार, जेठ ७ गते २०८१

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

images
images
images
बुधवार, भाद्र २ २०७८
बुधवार, भाद्र २ २०७८
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको  नवनिर्मित सभाहल उद्घाटन

    बुटवल, २ भदौ । 
    प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जीतबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    त्यस अवसरमा बोल्दै प्रमुख अतिथि पछाईले देशभर ५५ जिल्लामा सामुदायिक विद्युत सेवा पुर्याइएको जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै अध्यक्ष मल्लले संस्थाको आवश्यकताको आधारमा सभाहल निर्माण गरिएको बताउँदै संस्थालाई मात्रै नभएर त्यस क्षेत्रका अन्य गतिबिधि गर्नको लागि समेत सहज हुने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा सभाहल निर्माण समितिका संयोजक राजकुमार गुप्ताले गत फागुनदेखि सुरु गरिएको सभाहल निर्माणको काम कोरोना महामारीकाबीच पनि आफूहरु खटिएर असार मसान्तभित्रै सम्पन्न गरेको बताए ।

    ६८ लाख ३६ हजार ६१७ रुपैयाँ लगात मुल्यांकन भएको सभाहल ४८ लाख ६८ हजार ४५८ रुपैयाँमा निर्माण सम्पन्न गरिएको बताउँदै उनले १९ लाख ६८ हजार १५९ रुपैया संस्थालाई बचत गरिएको पनि जानकारी दिए ।
    कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्णबहादुर जिसी, ईन्द्रबहादुर राई, समाजसेवी गोपाल केसी, नरसिंह राव लगायतले भनाई राखेका थिए । संस्थाका अध्यक्ष जीतबहादुर मल्लको अध्यक्षतामा एवं सचिव तथा अनुगमन समितिका संयोजक राजेश बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij