२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

बाछी काटेको अभियोगमा तीन पक्राउ

बुधवार , भाद्र २, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  •  
    गण्डकी २ भदाै। गाेठबाट गाईको बाछी चोरेर काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
     
    प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन्।
     
    पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन्।
     
    बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलले जानकारी दिए।