२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा बिहीबार ३१ जना कोरोना संक्रमित थपिए

बिहिवार , भाद्र २५, २०७७

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २५ भदौ । 
    रुपन्देहीमा बिहीबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ११ महिला र २० जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकामा १६, सिद्धार्थनगर नगरपालिकामा ८, मायादेवी गाउँपालिकामा ४, देवदह नगरपालिकामा २ र तिलोत्तमा नगरपालिकामा  जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय २९ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । त्यस्तै जिल्लामा ७४७ जना कोरोना संक्रमित निको भएको गुप्ताले जानकारी दिए ।

    कोरोना संक्रमण भइ हाल रुपन्देहीमा ६६० जनाले उपचार गराइरहेका छन् । हालसम्म रुपन्देहीमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।