
बुधवार , भाद्र २, २०७८
बुटवल, २ भदौ ।
१ सय ८२ औ विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघ तथा एलायन्स फर कम्युनिटी मिडिया नेपालको सहकार्यमा विविध गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ फोटो पत्रकारिता तालिम गरी दिवस मनाइएको छ । एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बुधबार दुईदिने फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै युवाहरु सीप र क्षमता अभिवृद्धि गरेर स्वरोजगार हुने फोटोग्राफी पेशा भएको बताए । छरिएर रहेका पेशामा आवद्धहरुलाई एकतावद्घ गराउने काम गरेर फोटो पत्रकारिता दिएर क्षमता विकासको काम आफैमा महत्वपूर्ण भएको उनले बताए । व्यवसायिक फोटो पत्रकारिता अगाडि बढाउन पनि तालिमले सहयोग मिल्ने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न उनले सुझाव दिए ।
कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थले विश्वभर नै दिवस फोटो पत्रकारहरुको चाडका रुपमा रहेको भन्दै क्षमता विकास र सामाजिक कार्य गरी मनाइएको बताए । नेपालभरका सामुदायिक टेलिभिजनहरुको गैरनाफामुखी संस्था सहकार्य गरी अघि बढ्न चाहना अनुसार लागेको एलायन्स फर कम्युनिटी मिडिया नेपालका रुपन्देही संयोजक तथा पत्रकार दिनेश पाण्डेले बताए ।
तालिमलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, एलायन्स फर कम्युनिटी मिडिया नेपालका रुपन्देही संयोजक तथा पत्रकार दिनेश पाण्डे, भगवती पाण्डे र स्वस्तिक श्रेष्ठले आधारभुत पत्रकारिता र टेलिभिजन पत्रकारिताबारे सहजीकरण गरेका थिए । कार्यक्रम संयोजक मनोज क्षेत्रीले फोटोग्राफी पेशा मिडियासंग नङ र मासुको सम्बन्ध भएको पेशा भएको भन्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन गरेर मिडियामा उपलब्ध हुने उनले बताए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य माधव पन्थ, संघका कानूनी सल्लाहकार कमला तिवारी पन्थ, सल्लाहकार दिपक भण्डारी, प्रेस सल्लाहकार दल बहादुर गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष दिनेश अर्याल, महासचिव माधव प्रसाद पन्थले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने गरि गरिएका कार्यक्रममा सबैको एकता जरुरी रहेको बताए । वि.सं. २०६३ सालमा स्थापना भएको संघले सदस्यहरुको दक्षता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ । तालिममा संघमा आवद्ध रुपन्देहीका ५० जना सहभागी रहेका छन । तालिम बिहीबार समापन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij