images

शनिवार, बैशाख १५ गते २०८१

क्षेत्र घ सम्मेलन ऐतिहासिक बनाउछौ : जेसि तुलसा भुसाल पाण्डे 

क्षेत्र घ सम्मेलन ऐतिहासिक बनाउछौ : जेसि तुलसा भुसाल पाण्डे 

images
images
images
बिहिवार, भाद्र २५ २०७७
बिहिवार, भाद्र २५ २०७७
  • क्षेत्र घ सम्मेलन ऐतिहासिक बनाउछौ : जेसि तुलसा भुसाल पाण्डे 


    नेपाल जेसिजको आयोजना तथा जेसिआई सिद्धार्थ लेडिको आतिथ्यतामा भदौ २६ र २७ गते क्षेत्र घ सम्ेमलन (एरिया डि) हुदै छ । नेपालमै पहिलो पटक अनलाईन माध्ययमबाट हुन लागेको एरिया डि को तयारी पुरा भएको छ । महिला जेसिजको ईतिहासमा एरिया स्तरको सम्मेलन हुन लागेको यो पहिलो हो । क्षेत्र घ सम्मेलनलाई हामीले ऐतिहासिक बनाउछौ । त्यसका लागि जेसिआई सिद्धार्थ लेडिका सम्पुर्ण पदाधिकारी, सदस्य, सल्लाहकार, मातृ शाखा लगाएत नेपाल जेसिज र सम्पुर्ण जेसिज शाखाहरुले पुर्ण सहयोग गरेको जेसिआई सिद्धार्थ लेडिकी अध्यक्ष तुलसा भुसाल पाण्डेले जानकारी दिईन । अध्यक्ष पाण्डेसंग जेसिजको क्षेत्र घ सम्मेलन, शाखाले अहिले सम्म गरेको कार्यक्रम लगाएतका बिषयमा खबरपात्रो डटकमले गरेको कुराकानीको सम्पादित अंश ।  

    images

    १. जेसीआई सिद्धार्थ लेडीको इतिहासको बिषयमा बताईदिनु न ? 
    शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थलको प्रवेशद्धार धार्मिक एवं राष्ट्रिय पर्यटन, संस्कृतिको ऐतिहासिक महत्व बोकेको सिद्धार्थनगरमा सन् १९९६ मा सिद्धार्थ जेसीजको मातृत्व तथा संस्थापक अध्यक्ष जेसी सरिना श्रेष्ठको नेतृत्वमा स्थापित जेसीआई सिद्धार्थ लेडी नेपाल हो । सुरुमा यस संस्था स्थापना हुँदा २५ जना सदस्यहरु रहनुभएको थियो । सिद्धार्थ महिला जेसिज सिद्धार्थनगरमा पहिलो महिला संस्था हो । यसमा १८ देखि ४० वर्षका महिला दिदीबहिनीहरुले सदस्यता लिन पाउनुहुन्छ । १८ देखि ४० बर्ष उमेर समुहका युवतिहरुले सस्थाको नेतृत्व गरेर काम गर्ने गर्नु हुन्छ । 

    २. यसको नेतृत्व गरेका महिलाहरुले खास कुन क्षेत्रमा नेतृत्व गरिरहेका छन् ?
    महिलाहरुको अन्तरनीहित शक्तिको कदर गरौं भन्ने अभिप्रायले स्थापित संस्थाले स्थापना कालदेखि नै २४ वटा महिला नेतृहरुले सफल नेतृत्व गरिसक्नुभएको छ । यस संस्थाले तालिममार्फत युवा तथा महिलाहरुको क्षमता विकास गरी सक्षम व्यक्ति उत्पादन गर्न यसको मुख्य ध्येय रहेको हुनाले यस संस्थामा नेतृत्व पाएका महिला दिदीबहिनीहरु अन्य क्षेत्रमा पनि सफल नेतृत्व गरिरहनुभएको छ । जस्तै ः विभिन्न किसिमका संस्थाहरु लायन्स क्लब, रोटरी क्लब, बैद्धिक संस्था, गृहलक्ष्मी, सफल व्यवसायी, उद्यमशीलता लगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । राष्ट्रिय स्तरमा पनि उहाँहरुको भुमिका उत्कृष्ट रहेको छ । 

    ३. जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष भएको आठ महिना बितिसकेको छ । यो समयमा के के काम गर्नुभयो ?  
    आठ महिनाको अवधिमा कोरोना महामारीको कारणले गर्दा वार्षिक कार्ययोजना अनुसार काम गर्न पाइरहेका छैनौं । यो हाम्रो मात्रै समस्या नभएर विश्वकै समस्या रहेको छ । तर पनि परिस्थितिलाई सामना गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छौं । जेसीजमा ‘एक व्यक्ति, एक पद र एक वर्ष रहेको हुनाले यस अवधिमा विभिन्न किसिमका सामाजिक सामाजिक कार्यक्रमहरु व्यक्तित्व विकाससम्बन्धि कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । जस्तै प्रजातन्त्र दिवसमा कार्यक्रम, पारिवारिक वनभोज, होली मिलन कार्यक्रम, ठाउँठाउँमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम, माक्स वितरण कार्यक्रम, पीपीई सेट तथा सेनिटाइजर वितरण, कोभिड–१९ परीक्षण, विभिन्न व्यक्तित्व विकाससम्बन्धि कार्यक्रम जस्ता दुई दर्जन बढी कार्यक्रम भएको छ । क्षेत्र घ सम्मेलन २०७७ भदौ २६ र २७ गते अनलाइनमार्फत हुँदैछ । 

    ४. क्षेत्र घ सम्मेलनमा खास गरी के के बिषयमा छलफल हुने गर्दछ ? 
    यो सम्मेलन क्षेत्र ‘घ’ अन्तर्गतका शाखाहरुको सम्मेलन हो । यस कार्यक्रममा नेपाल जेसीजको प्रचलन अनुसार बहस, अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, साधारणसभा, कामको मुल्यांकन गरी शाखाहरुलाई सम्मानित गर्ने आदि कार्यहरु हुनेछन् । हाम्रो शाखा क्षेत्र घ अन्तर्गत पर्दछ । क्षेत्र घ मा ४९ वटा शाखाहरु छन् । २०२० को सम्मेलन जेसीआई सिद्धार्थ लेडीको आतिथ्यतामा भदौ २६ र २७ गते अनलाइनमार्फत हुँदैछ । यस सम्मेलनमा क्षेत्र घ अन्तर्गतका शाखाहरुको सम्मेलन हो । यस कार्यक्रममा नेपाल जेसीजको प्रकरण अनुसार बहस, अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता, साधारणसभा, कामको मुल्यांकन गरी शाखाहरुलाई सम्मानित आदि कार्यहरु हुन्छन् । अनलाईन माध्ययबाट हुन लागेको यो क्षेत्र घ सम्मेलनलाई हामीले ऐतिहासिक बनाउने छौ । अहिले विश्व नै कोरोनाको महामारीको कारणले गर्दा विभिन्न कार्यक्रमहरु भर्चुअल माध्यमबाट भइरहेका छन् । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय भनेझैं जेसीआईको एसिया प्यासिफिक कन्फ्रेरेन्स २०२० जुलाई १८–१९ मा अनलाइन आवेदन जुमबाट सु–सम्पन्न भएको छ । जेसीआई नेपालको पनि सम्पूर्ण क्षेत्रीय सम्मेलनहरु अनलाइन आवेदन जुममार्फत गरिरहेको छ । 

    ५.युवा अवस्थाका महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि के के काम गर्नुभयो ?
    महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विभिन्न व्यक्तिहरुले अकालमा ज्यान गुमाइरहनु भएको छ । कोरोना भाइरस नलाग्न र लागिहाले पनि त्यसबाट बच्नको लागि नेपालमा जेसीजका विभिन्न १६ वटा शाखाहरु मिलेर १२ दिने र एकमहिने अनलाइन योगा कार्यक्रम सम्पन्न गरेका छौं । त्यस्तै युवा महिलाहरुलाई विभिन्न उत्प्रेरणात्मक तालिम दिइ व्यक्तित्व विकास गराइरहेका छौं । बाँकी ४ महिनाको अवधिमा व्यक्तित्व विकाससम्बन्धि कार्य गर्नेछौं ।

    अन्त्यमा...
    अहिले विश्वभरी नै कोभिड–१९ को महामारी भएको अवस्थाा आफ्नो स्वास्थ्य र अरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अनावश्यक बाहिर नजाऔं, माक्स र स्यानिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्न चाहन्छु ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij