२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

छत्रदेव गाउँँपालिकाद्वारा कुमाल परिवारलाई सोलार वितरण 

बिहिवार , भाद्र ३, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • अर्घाखाँची, ३ भदौ ।
    अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कुमाल परिवारलाई सोलार वत्ती वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ८ वटा वडामा विपन्न घरधुरीलाई उज्यालो अभियानमा समावेश गर्ने कार्यक्रम अन्तर्गत जनजाति परिवारले सोलार बत्ती वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसअन्तर्गत बुधबार गाउँपालिकाको वडा नम्बर ५ को टुनिचौरमा करिब २० घर जनजाति समूहमा पर्ने कुमाल बस्तीमा ८० वाट क्षमता भएका सोलार बत्ति वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

    पछिल्लो समय जिल्लामा पटकपटक विद्युत कटौती हुने समस्या छ । सोलार बत्ती पाएपछि कुमाल समुदायमा खुशी छाएको छ । केही परिवारले घरमा विद्युत मिटर अहिलेसम्म जोडेका थिएनन् । सोलार बत्ति पाएपछि दैनिकीमा पनि सहज हुने उनीहरुको अपेक्षा छ ।