
बिहिवार , भाद्र ३, २०७८
बुटवल, ३ भदौ ।
रगत अभावलाई रोक्न लायन्स क्लब अफ बुटवल खस्यौलीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ । लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ सिमसार, लियो क्लब अफ लर्ड बुद्घ, लियो क्लब अफ बुटवल खस्यौली युथको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै सभाहलमा भएको कार्यक्रमको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटाले उद्घाटन गर्दै सामाजिक कार्यमा लायन्सको योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रममा डिस्ट्रिक होनरी एड्भाइजर बाबुराम बोहरा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, जोन ९१ का जोन चेयरपर्सन राजु पौडेल, लियो यरिया को–चिफ सन्तोष खरेल, लियो क्लब अफ बुटवल खस्यौली युथका अध्यक्ष दिपक खरेलले युवाहरुलाई एकतावद्घ गरी सामाजिक कार्यमा अग्रसर गराउन सफल भएको बताए ।
कोभिड–१९ संक्रमण र लकडाउनका कारण रगत अभाव देखिएसंगै आकस्मिक रक्तदान गरिएको लायन्स कलब अफ बुटवल खस्यौलीका अध्यक्ष विष्णु उपाध्यायले बताए। कार्यक्रम संयोजक रोसन रायमाझीले ६० पिन्ट रगत संकलन भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij