
शुक्रवार , भाद्र ४, २०७८
कर्णाली, ४ भदौ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखापरेका चुनौतीलाई समान गर्न आग्रह गरे ।
बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गम्भीर हुन र खोप अभियानलाई पारदर्शी एवं प्रभावकारी रुपले सञ्चालन गर्न सरकारसँग माग गरेको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij