
शनिवार , भाद्र ५, २०७८
बुटवल, ५ भदौ ।
लायन्स क्लब अफ बुटवल स्टार्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई सहयोग गरेको छ । लायन्स बुटवल स्टार्सका सचिव राजन जि.सी. को जन्मदिनको अवसर पारेर हंगर रिलिफ प्रोग्राम अन्तर्गत आश्रमलाई सहयोग गरिएको अध्यक्ष अन्जिल खानले बताए । आश्रममा सोयाबीन, तेल, प्याज, खाना पकाउने ग्यास, सिलीङ पंखा, जुस लगायतका खाद्यान्न सामग्री क्लबका अध्यक्ष अन्जिल खानद्वारा आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक अब्दुल सलामतले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष खानले आफू भन्दा कम आयस्रोत भएका विपन्न परिवारलाई सहयोग गर्नुपर्ने बताए । समाजमा सामाजिक कार्य गर्नुपर्ने स्टार्स को मुल मन्त्र ‘जहाँ दुःख्छ त्यहाँ पुग्छ’ र लायन्स अन्तर्राष्ट्रिय नारा ‘हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दैसहयोग गरिएको बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले कोरोना महामारीको यस विषम परिस्थितिमा ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने उद्देश्यको साथ सामाजिक कार्यमा स्टार्सले कुनै कसर बाँकी नराखि विपन्न वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताए । त्यस्तै ए.ओ.जी. तथा क्लबका पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, रिजन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष एम.एल. पाण्डे, पूर्व अध्यक्ष दिपक भट्टराई, द्वितीय उपाध्यक्ष भुपेन्द्र अर्याल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij