
आइतवार , भाद्र ६, २०७८
नवलपरासी ,६ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ मा
अनमेल विवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र सरावल गाउँपालिकाको सहकार्य तथा गुलावजल संवाद केन्द्रको आयोजनामा अनमेल विवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
संवाद सहयोग समितिका अध्यक्ष अब्दुल रउफको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै रउफले अनमेल विवाह गर्दा समाजमा एक नाकारात्मक असर पर्ने बताउदै अनमेल विवाहले समुदायमा बसोबास गरेको मानिसहरु बिच एक अर्का प्रतिको नकारात्मक सोच उतपन्न गराउने बताएका थिए । साथै उनले अनमेल विवाह गर्दा दामपत्य जिवनमा समेत विभिन्न किसिमको समस्या बताए । साथै उनले किशोर किशोरी र एविसि नेपाललाई यस्तो किसिमको जनचेतना फैलाउने गरेकोमा धेरै खुसि ब्यक्त गर्दै धन्यवाद समेत दिएका थिए ।
सो अवसरमा अनमेल विवाहको समस्या र चुनौतिहरु बारे एविसि नेपालका सुपरभाइजर साईदा निशा पठानले प्रष्ट पार्ने भएको थियो । कार्यक्रम संवाद सहयोग समितिका सदस्य सिन्दु कुर्मि , जैतुन निशा ,तैफुन निशा ,पुनम चौधरी र रमा ठाकुर लगाएको अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन बालिका समृद्धि संवाद केन्द्रका एनिमेटर आयसा खातुनले गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij