२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

रक्तदान गरी मनाइयो स्मृति दिवस

शुक्रवार , भाद्र २६, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बुटवल, २६ भदौ ।
    रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरी रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवस रक्तदान गरी मनाइएको छ ।

    १३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । सिलवालको मृत्युपछि ३ महिना अघिमात्र पुर्नजीवित भएको नेपाल नियमित रक्तदाता संघले हरेक महिनाको तेस्रो शनिबार नियमित र आवश्यकता अनुसार साताव्यापी रुपमा पनि रक्तदान गदै आएको छ ।

    संस्था पुर्नजीवन भएको ३ महिनामै ८ सय युनिट रगत संकलन गरिसकेको संस्थाका अध्यक्ष दया बहादुर सिलवालले बताए । रक्तदानसंगै संस्थाले कोरोना संक्रमितलाई आवश्यक पर्ने प्लाज्मा थेरापीको लागि पनि रगत संकलन सुरु गरेको संघका कोषाध्यक्ष तथा प्लाज्मा थेरापी संकलन समितिका समन्वकर्ता दीपक अधिकारीले बताए । उनले कोरोना संक्रमण भइ निको भएका व्यक्तिवाट निकालिने रगतलाई प्लाज्मा भनिने र कोरोना निको भएका व्यक्तिले रक्तदान गर्न डराउन नहुने समेत बताए ।

    स्मृति दिवस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले नियमित रक्तदाता संघ पुर्नजीवित हुदाँ गाडीले नयाँ इञ्जिन पाए सरह भएकोले आगामी दिनमा अझ सशक्त रुपमा रगत संकलनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले स्व. सिलवालको सपना साकार पार्न संस्थाले सामाजिक र रचनात्मक कामलाई अगाडी बढाउदै यस क्षेत्रमा रगतको अभाव हुन नदिन आग्रह समेत गरे ।  

    रुपन्देहीका पहिलो रक्तदाता तथा संस्थाका आजीवन संरक्षक मृगेन्द्र कुमार शेरचनले संस्थालाई व्यवस्थित बनाउन अफिस स्थापना गर्न जरुरी रहेको भन्दै त्यसका लागि  आफुले सहयोग गर्ने बर्ता ।  स्व. सिलवालकी धर्मपत्नी रेणु सिलवाल संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारी सचिव महेश खनाल लगायतले रगतको अभाव हुन नदिन सस्थालाई हरेक तह र तप्कावाट सहयोग जरुरी रहेको औल्याए । शुक्रबार गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक असेस सिलवालले बताए ।