
सोमवार , भाद्र ७, २०७८
बुटवल, ७ भदौ ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले सडक तथा अनाथ बालबालिकाको संरक्षण संस्था सि.आइ.एन. नेपालमा रहेका बालबालिकाबीच रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बिहान सम्पन्न भएको कार्यक्रम लियो डिष्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका कोषाध्यक्ष गोविन्द बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लियो डिष्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका एरिया ४ का रिजन को–अर्डिनेटर सन्तोष खरेल, लियो डिष्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका रिजन १८ का रिजन चेयरपर्सन किरण सिंह थापा लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता रहेको कार्यक्रमको संयोजन पवित्रा भुषालले गरेकी थिइन् ।
विशेष गरी हिन्दुहरूको महान पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । क्लबमा आवद्ध महिलाहरुद्वारा त्यहाँ आश्रित बालबालिकाहरुलाई राखी र डोरा बाँधेर एकआपसमा खुसी साटेर कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष श्रीधर बस्यालले जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वमा वाधिने राखी केवल हातमा सजाउने मात्र नभएर त्यो डोरीले दिदीभाइको सम्बन्ध अझ गाढा र प्रगाढ बनाउने हुनाले बालबालिकाबीच कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक पवित्रा भुषालको स्वागत मन्तव्य, मिडिया डिरेक्टर जिवन थापा क्षेत्रीको धन्यवाद मन्तब्य तथा सचिव महेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij