२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

देवस्थल मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अशोक गुरुङ

सोमवार , भाद्र ७, २०७८

बुटवल, ७ भदौ । 
बुटवल योगिकुटीस्थित देवस्थल मन्दिर व्यवस्थापन समितिको १२ औं साधारण सभा तथा ८ औं अधिवेशनले अशोक गुरुङको अध्यक्षतामा आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा पुष्पा न्यौपाने शर्मा, उपाध्यक्षमा यदुनाथ पाण्डे, सचिवमा कमल नेपाल, कोषाध्यक्षमा हरि घिमिरे, सहसचिवमा रनमाया चापागाई र सहकोषाध्यक्षमा नन्दलाल पाण्डे निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा श्याम पोखरेल, एकदेव न्यौपाने, मन्जु खड्का, बीरबहादुर खाती र बद्रीप्रसाद लम्साल निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि पत्रकार महेन्द्र थापा, सुरज भट्टराई र सुस्मा अर्यालको निर्वाचन मण्डल बनेको थियो ।  

बुटवल र तिलोत्तमाको संगमस्थल एवं सोह्र–छत्तिस सिंचाई कुलोको माझ आध्यात्मिक चिन्तन मनन् साथै थकान बिसाउने शितल छहारी बन्न सकोस् भन्ने दुरदर्शिताका साथ देवस्थल मन्दिर निर्माण गरिएको थियो । मन्दिर बनाउन बुटवलका समाजसेवी स्वर्गीय शेरबहादुर गुरुङले करिब ९ कठ््ठा जग्गा दिएका थिए । मन्दिरलाई समयानुकूल पुनःनिर्माण गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउन अहिलेको पिंढी माथि गहन जिम्मेवारी आएको नवनिर्वाचित अध्यक्ष अशोक गुरुङले बताए । अधिवेशनबाट सर्वसम्मत नेतृत्वको जिम्मेवारी दिनुहुने सबैमा अध्यक्ष गुरुङले धन्यवादसहित आभार प्रकट गरेका छन् ।