२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

जनैपूर्णिमाको अवसरमा रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज 

सोमवार , भाद्र ७, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, ७ भदौ । 
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक सचिन रेग्मीले बताए ।

    क्लबका वर्ष २०२१/२२ का अध्यक्ष विनिता पोखरेलको अध्यक्षता तथा सचिव रिया पहारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बालगृहका सञ्चालक कृष्णमाया गुरुङ, क्लबका निवर्तमान अध्यक्ष तथा जोन १८ का जेडआरआर बाबुराम खनाल (अतित), पूर्वअध्यक्ष उपेन्द्र यादव, नीपा क्षेत्री लगायतले बोलेका थिए । सोही कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बालगृहलाई एकथान सिलिंग पंखा र अनुज सुवेदीले बालगृहका विद्युत बोर्डलाई मर्मत गराएका थिए ।

    239020499_1264769100618104_577766987747413825_n.jpg240524815_1264769347284746_2304074999554889923_n.jpg