२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स क्लब बुटवलले गर्‍यो आइसोलेशनमा सहयोग 

शुक्रवार , भाद्र २६, २०७७

बुटवल, २६ भदौ । 
पश्चिम नेपालकै पूरानो लायन्स क्लव अफ बुटवल, लायनेश क्लब बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका–११ स्थित ‘एन्फा एकेडमी आइसोलेशन  सेन्टर’ सहयोग गरेको छ । 

क्लबहरुले उक्त सेन्टरमा ५ थान पंखा, १० लिटर सेनिटाइजर र ५ सय पिस माक्स  सहयोग गरेको लायन्स बुटवलका अध्यक्ष संजय जयसवाल जानकारी दिए । 

कोभिड–१९ को संक्रमण भएका बिरामिहरुलाई आइसोलेसन सेन्टरमा पंखा र सेनिटाइजर अभाव भएको र सोही अनुसारको माग समेत आएको कारण ‘हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसात गर्दै शुक्रबार सामग्री वितरण गरिएको क्लबका तृतीय उपाध्यक्ष सरदमान श्रेष्ठले जानकारी दिए ।  

सहयोग प्रदान कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, सचिव प्रतिक पोखरेल, कोषाध्यक्ष बासुदेव श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।