
सोमवार , भाद्र ७, २०७८
भैरहवा, ७ भदौ ।
जनैपूर्णिमा (रक्षाबन्धन) को अवसर पारेर लियो क्लब अफ होलिसिटी भैरहवाले सुरक्षाकर्मीहरुलाई राखी (रक्षाबन्धन) बाँधेको छ । क्लबमा आबद्ध महिला सदस्यहरुद्वारा आइतबार भैरहवामा खटिएका खटिएका ट्राफिक तथा जनपद प्रहरीहरुलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिएकोे वर्ष २०२१/२२ काअध्यक्ष आकाश पौडेलले बताए । क्लबमा आबद्ध महिला सदस्यहरुले नागरिकको सुरक्षामा खटिएका प्रहरीको हातमा राखी बाँध्नुभएको पौडेलले जानकारी दिए ।
आइतबार ३० जना प्रहरीलाई राखी बांधिएको कार्यक्रम संयोजक दिव्या क्षेत्रीले बताइन् । ‘महान पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनमा सिद्धार्थनगरको विभिन्न चोकचोकमा खटिनुभएका प्रहरी दाजुहहरुको मनोबल बढाउँदै उहाँहरूसँग रक्षाबन्धन मनाउन पाउँदा हामी धेरै नै हर्षित भएका छौं, ’उनले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij