
सोमवार , भाद्र ७, २०७८
बुटवल, ७ भदौ ।
केन्पो खुकुरी प्रशिक्षकहरुको एकहप्ते प्रशिक्षण कार्यक्रम समापन भएको छ । केन्पो खुकुरी खेलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक कार्यक्रम गरिएको हो । प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरी चार विधामा प्रशिक्षण गराइएको बताए ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका अध्यक्ष पुर्ण पाण्डेले प्रशिक्षणमा चार विधाबारे प्रशिक्षकहरुलाई सीप क्षमता सिकाइएको भन्दै थप विधाहरु विस्तार गरिने बताए । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए । प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपूर्ण प्रतियोगिता गराउने उनले बताए । खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरी अगाडि बढेको उनले बताए । काठमाडौंमा असोज ८ र ९ गते हुने प्रतियोगितामा प्रशिक्षण सहयोगी हुने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १ लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । दोस्रो २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फ्रान्सबाट सुरु भएको यो खेलमा करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने बताए । प्रशिक्षक राजकुमार पाण्डेले एक हप्ताभर देशका सात प्रदेशका प्रशिक्षकहरुबीच खेलबारे व्यवहारिक सिकाई भएको बताए ।
लुम्बिनी प्रदेश इञ्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताइन् । आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताए ।
कार्यक्रममा संघका केन्द्रीय संघका वरिष्ठ उपाध्यक्ष बद्रिदेव वाईवा, जिल्ला अध्यक्ष कृष्ण थापा, समाजसेवी रत्नहरि गौतमले मार्शल आर्टको क्रेजलाई बढाउन महत्वपूर्ण हुने बताए । रुपन्देही जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि सुुरु भएको प्रशिक्षण कार्यक्रममा सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागि भएका थिए । प्रशिक्षण तालिममा केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डे र प्रशिक्षक राजिवसिंह क्षेत्रीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा खेलाडीहरुले खुकुरी, काता प्रस्तुति गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij