
शनिवार , भाद्र २७, २०७७
भैरहवा, २७ भदौ ।
नेपाली कांग्रेस सिद्धार्थनगर वडा नम्बर ४ समिति तथा नेपाल तरुण दल सिद्धार्थनगरको संयुक्त आयोजनामा सि.न.पा.–४ मा सञ्चालित सप्ताहव्यापी सरसफाई कार्यक्रम शनिबार समापन भएको छ । गत शुक्रबारदेखि सि.न.पा.–४ स्थित हनुमान मन्दिर प्रांगणबाट सुरु भएको कार्यक्रम शनिबार सोही स्थानबाटै समापन गरिएको तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोसिस बहादुर खड्काले बताए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति श्रीराम गुप्ताले कोभिड–१९ को विषम परिस्थितिमा वडा नम्बर ४ समिति र तरुण दलले सराहनीय कार्य गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमामा जोड दिए ।
कांग्रेस वडा नम्बर ४ का सभापति नरेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका महासमिति सदस्य देवी प्रसाद चौधरी, तरुण दल रुपन्देहीका सभापति सोम बहादुर गुरुङ, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (१) का सभापति पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, तरुण दल सिद्धार्थनगरका सभापति दिपेन्द्र बुढाप्रिती, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत, तरुण दल रुपन्देही जिल्ला सदस्य परागदास गोर्खाली, रुपन्देही तरुण विभागका जिल्ला सदस्य विनोद पुन, दिनेश सहानी, कोषाध्यक्ष मिलन वि.क., तरुण दल सिद्धार्थनगरका सदस्य कृष्ण चाई, शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस वडा नम्बर ४ कोषाध्यक्ष कुमार के.सी.को स्वागत तथा सचिव गरुचरण प्रजापतिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सप्ताहव्यापी सरसफाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेलाई कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ का अध्यक्ष कुल प्रसाद न्यौपाने, फुलबारी क्लब सि.न.पा.–४ का अध्यक्ष हुकुमराज गुरुङ , ढाक्रे युवा क्लब तथा सांकृतिक परिवार सि.न.पा. ४ का अध्यक्ष थमन थापा, अमृत गुरुङ, प्रजल गुरुङ, सागर गुरुङ र रोसन गुरुङलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij