२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

नवलपरासीमा १० किलो चरससहित भारतीय नागरिक पक्राउ

बिहिवार , भाद्र १०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल। नेपाल प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादव रहेका छन्। उनलाई बिहिवार बिहान ५ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरेसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने गरी लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता लामाले बताए।