२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लायन्स सिद्धार्थनगर प्रोफेसनलद्वारा विद्यार्थीहरुलाई सहयोग

बिहिवार , भाद्र १०, २०७८

भैरहवा, १० भदौ । 
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले रुपन्देहीको सियारी गाउँपालिका–५ स्थित श्री विरेन्द्र माध्यमिक विद्यालयलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । क्लबले स्थापना दिवसको अवसरमा विद्यालयमा अध्ययनरत दृष्टि क्षमता कमजोर भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा नगद प्रदान गरेको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष ऋचा केसीले बताइन् ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष थमन बहादुर पौडेलले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले स्थापना दिवसको अवसरमा विद्यालयमा आएर सहयोग गर्नु प्रशंसनीय रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीले कक्षा ७ पश्चात अध्ययनका निम्ति अन्यत्र जानुपर्ने बाध्यता भएकोले आगामी दिनमा यसै विद्यालयमा नै अध्ययन गर्ने व्यवस्था गर्न लागिएको बताए ।

विरेन्द्र मा.वि.का शिक्षक लोकनाथ सापकोटाले २०६० सालदेखि दृष्टि क्षमता कमजोर भएका विद्यार्थीहरुलाई आवसीय सुविधासहित अध्यापन गराउँदै आएका छन् ।
कार्यक्रम संयोजक एक नारायण अर्यालको स्वागत तथा क्लबका सचिव मोहन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबका पूर्व अध्यक्षअमृत थापा, प्रेमसागर अग्रहरी, जीवन घिमिरे लगायतको उपस्थितिमा दृष्टि क्षमता कमजोर भएका विद्यार्थीहरुका लागि निर्माणाधीन भवनको लागि ११ हजार नगद पनि सहयोग गरिको क्लबका प्रथम उपाध्यक्ष अजय चौधरीले बताए । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल भैरहवाका बैंकर्सहरूद्वारा सन् २०१५ मा  स्थापना गरिएको लायन्स क्लब हो ।