२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

पाँच किलो गाँजासहित दुईजना पक्राउ 

बिहिवार , भाद्र १०, २०७८

भैरहवा, १० भदौ ।
लागूऔषध (गाँजा) सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय अफताव खान र गुल्मीको रुरु गाउँपालिका वडा नम्बर २ का २५ वर्षिय लक्ष्मी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुवास तिमिल्सिनाको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित मीना पण्डितको घरमा डेरामा बस्ने खान र कुँवरको कोठामा स्थानीय र घरधनीको रोहबारमा खानतलासी गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

कोठा खानतलासी गर्ने क्रममा गाँजा ५ किलो ५ सय ग्राम र नापतौल गर्ने डिजिटल तराजु समेत बरामद गरी उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट लागुऔषध (गाँजा) मुद्दामा म्याद थप अनुमती लिइ थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।