२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सहस्रधारा युवा क्लबद्वारा टोल सरसफाई

शनिवार , भाद्र २७, २०७७

बुटवल, २७ भदौ ।
सहस्र नगर युवा क्लबले शनिबार सहस्र टोल क्षेत्रमा तेस्रो पटक सेनिटाइजर छर्कने, टोल सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम गरिएको छ । कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा टोलमा सुरक्षाका साथै सचेतना जगाउने कार्यक्रम अन्र्तगत शनिबार विविध कार्यक्रम गरिएको क्लबका अध्यक्ष राजकुमार पाण्डेले बताए । 

कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङले डस्टबिन हस्तान्तरण गर्दै सबै युवाहरु कोरोभा भाईरस न्युनीकरणमा लाग्नुपर्ने बताए । क्लबको अगुवाइमा प्रत्येक हप्ता सेनिटाईजर गर्दै आएको अध्यक्ष पाण्डेले बताए । 

आफुहरुले थोरै थोरै रकम जुटाएर टोलका विभिन्न स्थानमा फोहोर ब्यवस्थापनका लागि २० वटा डस्टबिन सहयोग गरेको उनले बताए । यसका साथै टोलका बिभिन्न स्थानमा कोरोना भाइरसविरुद्ध सचेतना जगाउने गरि पर्चा पम्लेटिङका कार्य समेत गर्दै आएको उनले बताए । कार्यक्रममा सहस्र नगर टोलका अध्यक्ष नाम देब न्योपानै, क्लबका सचिव सुमन थापाले थप कार्यक्रम अघि बढाउने बताए । सहस्र टोलमा १ सय ४५ घरधुरी रहेको छ ।