
शनिवार , भाद्र १२, २०७८
बुटवल, १२ भदौ । (गौबुस)
वर्षासंगै बाढीमा परेका देवदह नगरपालिकाका पीडितहरुलाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले राहत वितरण गरिएको छ । रुपन्देहीका उद्योगी तथा समाजसेवी नरिस्वर पौडेल, हाइलाइफ ग्रुपका रमेश बेल्बासेबाट सहयोग भएको चाउचाउ, चिउरा, बिस्कुट लगायत खाद्यान्न क्लबका अध्यक्ष जबिन कक्षपतिले देवदह नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बैकुण्ठ कुवरमार्फत शुक्रबार हस्तान्तरण गरेका हुन् ।
क्लबका अध्यक्ष जबिन कक्षपतिले समस्यामा परेका पीडितको सहयोगमा आफुहरु निरन्तर लागेको बताए । क्लबका सदस्य तथा सामाजिक व्यक्तित्वमार्फत जुटेको सहयोगलाई सरोकारवाला समक्ष पुर्याउन पुलका रुपमा काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष पिताम्वर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु खत्री, सदस्य प्रेमा केसि, रमेश बेल्बासे, सहजकर्ता अन्जु श्रेष्ठले पीडितसम्म पुगेर सहयोग गर्नु नै अहिलेको पहिलो प्राथमिकता भएको भन्दै सबै क्षेत्र यसमा लाग्नुपर्ने बताए ।
त्यसै गरी क्लबको सहयोगमा देवदहस्थित चेली कृषि सहकारी सस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई निःशुल्क तीनमहिने सिलाईकटाईको समेत उद्घाटन गरिएको छ । घरको चुलाचौकामा व्यस्त रहने महिलाहरुलाई सीप सिकाएर आर्थिक आयआर्जनमा अग्रसर गराउने लक्ष्यसहित कार्यक्रम सुरु गरेको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । क्लबको सहयोगमा दुई वर्ष अघि ३० वटा सिलाई मेशिन हस्तान्तर गरेर निरन्तर तालिम सञ्चालन गर्दै आएको उनले बताए । तालिममा २५ जना महिलाहरु सहभागि भएका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij