२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

‘रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्छ’

शनिवार , भाद्र १२, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, १२ भदौ । 
    रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को नवौं एवं क्लबको १३७९ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा गेष्ट स्पीकरको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का मेम्बरसीप चेअर सुशील रिजाल गेष्ट स्पीकरको रुपमा सहभागि थिए । बैठकलाई सम्बोधन गर्दै उनले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्याैं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

    रोटरी पनि अब समय अनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै रिजालले नयाँ सोच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताए । उनले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले क्लबका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको बताए ।

    बैठकमा रोटरीयन मणिरत्न पाण्डेले मेम्बरसीपको बारेमा आरआइ डिष्ट्रिकको योजनाबारे जिज्ञासा राखेका थिए । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु डा. नारायण प्रसाद पन्थ, त्रिभुवन श्रेष्ठ, श्रीकृष्ण पोखरेल, रुपलाल पन्थी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।