२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

हिजैदेखि अवरुद्ध राजमार्ग अझै खुलेन, खुलाउन डाइभर्सन मर्मत गरिदै

शनिवार , भाद्र १२, २०७८

परासी, १२ भदौ । 
हिजो शुक्रबारदेखि अवरुद्ध भएकोे पुर्वपश्चिम राजमार्ग अझै पनि खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र वनकट्टीमा रहेको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार बिहानै बाढीले ती दुवै डाईभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको थियो भने सुनवल नगरपालिका–४ स्थित तुरिया पुल पनि क्रयाक भई सुनवलदेखि खैरेनी पुग्ने सडक पनि अवरुद्ध भएको थियो । पुर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारीसाधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवतजावत गरिरहेका छन् ।   

शुक्रबार दिनभरी बाढी नदी र डाइभर्सन हँुदै तीव्र गतिमा बगिरहेकाले डाइभर्सनहरुमा काम हुन नसकेको प्रहरीले जनाएको छ । आज बिहादेखि दाउन्नेको एस मोड र खुर्सानी खोलाको पहिरो पन्छाइएको र बर्दघाटको लण्डन ब्रिजमा अवरुद्ध भएको सडक खुलाएर भुमहीसम्म सवारी साधनको आवतजावत सहज बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पहिरो पन्छाएपछि जेसिबीहरु खाली भएका छन् अब केही बेरमै सुनवलको बडेरा र बनकट्टीको डाइभर्सन मर्मत गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए । डिएसपी लामाका अनुसार तुरियाको पुल क्रयाक भएको र डाईभर्सन बगेकाले सुनवलदेखि भुमहीसम्म राजमार्ग अवरुद्ध छ  । पुर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारीसाधनहरु वैकल्पिक बाटो भैरहवा–भुमही बाइपास हुँदै सहजै यात्रा गरिरहेको डीएसपी लामाले बताए । पुर्व जाने सवारीसाधनहरु भैरहवादेखि भुमही हुँखै यात्रा गरिरहेका छन् भने पश्चिम जाने सवारीसाधनहरु भुमही हुदै भैरहवा पुगेर सहजै यात्रा गरिरहेको उनले बताए । आज साँझसम्म ती दुवै डाइभर्सनहरु मर्मत गरी भुमहीदेखि सुनवलको बाटो खुलाइने प्रहरीको अनुमान रहेपछि यता सुनवलको तुरिया पुल क्रयाक भएकाले उक्त पुल मर्मत गरी बाटो खुलाउन भने निकै समय लाग्ने प्रहरीको भनाई छ ।
यता पुर्वी नवलपरासीमा थुम्सीमा डाइभर्सन मर्मतको कार्य तीव्र रुपमा भइरहेको नवलपुर प्रहरी कार्यालयले जनाएको छ । दाउन्नेको पहिरो पन्छाइएर एकतर्फी बाटो खुलाइएको र केही घण्टा भित्रै थुम्सीको पनि डाइभर्शन मर्मत गरी बाटो खुलाउने प्रहरीले जनाएको छ ।