
शनिवार , भाद्र १२, २०७८
भैरहवा, १२ भदौ ।
लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीको अध्यक्षमा डा. ज्ञानदेव हटुवाल सर्वसम्मत चयन भएका छन् । शनिबार भैरहवामा सम्पन्न समाजको प्रथम अधिवेशनले डा. हटुवालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समाजका उपाध्यक्षमा हरिराज विष्ट, सचिवमा पुष्प घिमिरे, कोषाध्यक्षमा दीपक पौडेल, सह-सचिवमा नारायण अधिकारी र सदस्यहरूमा रूपेन्द्र अधिकारी, गुणनिधि चिलुवाल, नर्मदा पण्डित, दुर्गा भट्टराई, रामप्रसाद मिश्र, बद्रिनाथ मिश्र, निर्मल तिवारी, कृष्ण गौली र निर्मला शर्मा ज्ञवाली चयन भएका छन् । बाँकी सदस्य भुगोल मिलाएर पछि थपिने समाजले जनाएको छ । त्यस्तै समाजले ब्रह्माकुमारी शान्ति सुवेदी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति गठन गरेको छ । जसमा डा. राजेश पौडेल, डा. सुमन थापा, भुपाल कुमार श्रेष्ठ, कृष्णप्रसाद पण्डित, राधाकृष्ण रेग्मी (अनमोल), सुशील गुरुङ र फणिन्द्र पोखरेल रहेका छन् ।
अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदी, विशिष्ट अतिथि डा. राजेश पौडेल, डा. सगुन थापा, दीपक गलामी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम तदर्थ समितिका अध्यक्ष ज्ञानदेव हटुवालको अध्यक्षता तथा सह–सचिव नारायण प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij