२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

वार्षिक उत्सवको अवसरमा श्री त्रिशुल साकोसद्वारा बालगृहलाई खाद्यान्न सहयोग

शनिवार , भाद्र १२, २०७८

भैरहवा, १२ भदौ ।
आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर भैरहवास्थित श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । लुम्बिनीरोडमा अवस्थित बालगृहलाई चामल, दाल, नुन, तेल, बिस्कुट, अण्डा लगायतका सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष धिरा कुमारी क्षेत्रीले बताइन् । 

वार्षिक उत्सवकै अवसरमा भैरहवाको बुद्धचोक र मिलनचोकमा १ हजार ५ सय वटा मास्क वितरण गरिएको सहकारीका प्रबन्धक सरिता रानाले बताइन् । मास्क वितरणमा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुवास तिमिल्सिनाको सहयोग रहेको उनले बताइन् ।

२०६५ साल भदौ १२ गते स्थापना भएको त्रिशुल सहकारीमा हाल २ हजार २ सय शेयर सदस्य आबद्ध छन् ।

236536212_387270652834508_3093587107352266142_n (1).jpg