२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

दाङमा लकडाउन खुकुलो, जोर विजोर नम्बरमा यातायात सुचारु

आइतवार , भाद्र २८, २०७७

दाङ, २८ भदौ । कारोना रोकथामका लागि गरिएको दाङमा जारी आंशिक लकडाउन खुकुलो पारिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार (आज) बसेको बैठकले जिल्लामा जारी आंशिक लकडाउन खुकुलो पारिएको हो । 

बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यापार व्यवसाय संचालनमा आउने भएका छन् । रातीको समयमा भने पूर्णरुपमा लकडाउन गरिने जिल्ला प्रशाशन कार्यालय दाङले जनाएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्ण रुपमा लकडाउन गरिएको थियो । 

एकसाताको पुर्णरुपमा लकडाउन गरेपछि भदौ २१ गते देखि २८ गते सम्मका लागि आंशीक लकडाउन गरिएको थियो । दैनिक बिहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म बजार संचालन हुँदै आएकोमा जारी आंशीक लकडाउनलाई खुकुलो बनाएको जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।  

जिल्लामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने र व्यवसाय पनि संचालन गर्न दिने निर्णय गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

लकडाउन खुकुलो पारिएपनि गोष्ठि, सभा, सम्मेलन, जुलुस, महोत्वस, जात्रा र कुनै पनि किसिमका भिडभाड हुने क्रियाकलापमा भने पूर्णरुपमा रोक लगाइएको छ । 

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुलाई खान बस्नका लागि आबश्यक व्यवस्था उद्योगले नै गर्नु पर्ने छ । 

cdo letter dang.jpg