२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण गर्दै प्राज्ञिक

शनिवार , भाद्र १२, २०७८

काठमाडौं, १२ भदौ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बाढी पहिरोप्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १ सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिवद्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थितिमा शनिबार धादिङवेसीमा उक्त राहत सामग्री वितरण गरिएको हो ।

राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत, आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडाले राहत सामग्री ग्रहण गरेको थिए । त्यस्तै परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सचिव नारायण तिमिल्सिना र राधा पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्रले प्रदान गरेका थिए ।

धादिङमा वितरण गरिएको राहत सामग्रीमा १ सय थान टेन्ट, १ सय थान प्लास्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याटस वितरण गरिएको छ । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढीपहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र धादिङसहित सिन्धुपाल्चोक, गोरखा, मनाङ, रसुवा र दोलखामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

237277654_571607700692874_821323242904227107_n.jpg236670669_680709896221398_3760067346946720378_n.jpg239776503_347118523775216_2660827849769483861_n.jpg