२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

भारतबाट फर्कदै गरेका युवकलाई बाढीले बगायो

शनिवार , भाद्र १२, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १२ भदौ ।
    बिहीबार १० गते रातीको अविरल वर्षा र बाढीका कारण रुपन्देहीमा अर्का एक युवक बेपत्ता भएका छन । कालीदह–लुम्बिनी मार्गको मुख्य बाटोबाटै कालो झोला बोकेको करिब २५ वर्षिय पहिचान खुल्न नसकेको युवकलाई बाढीले बगाइ बेपत्ता बनाएको प्रहरीले बताएको छ ।

    भारतको ककरहवाबाट लुम्बिनीतर्फ आउँदै गरेका ती युवकलाई कालीदह–लुम्बिनी मार्गस्थित तेलार नदीको पुलदेखि करिब १ सय मीटर उत्तर तर्फबाट शनिबार दिउँसो बाढीले बगाइ बेपत्ता बनाएको प्रहरीको भनाइ छ ।

    पानीको धारले ती युवकलाइ बाटोबाटै बगाइरहदा स्थानीय युवाहरूले गरेको उद्दार प्रयासको भिडियो लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदहका अजय कुमार यादवको फेसबुक पोष्टबाट जानकारी पाएपछि प्रहरीले खोजी तथा उद्धार कार्य थालेको बि.ओ.पी. कालीदहले बताएको छ ।

    यसअघि भदौ १० गते बिहान साढे ५ बजेदेखि दानव नदीको बाढीमा हराइरहेका सम्मरीमाई गाउँपालिका–३ का बब्लु लोध समेत गरी रूपन्देहीमा बाढीले दुई जनालाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।