
आइतवार , भाद्र १३, २०७८
बुटवल । अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्याएको छ।
०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिमम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए।
स्थानीयका अनुसार तीन घरमा पहिरो पसेको छ। पहिरो आएको चाडै थाहा पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यहि भदौं १० गते उक्त वस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयहरू सावधानी अपनाउँदै आएका थिए। पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखी लक्ष्मीनगर जाने रिङरोडमा ठूलो क्षति पुगेको छ।बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो खसेको छ। सोही ठाउँमा २०५५ सालमा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij