
आइतवार , भाद्र १३, २०७८
नवलपरासी ,१३ भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बाल विवाह तथा विभिन्न समस्यामा आधारित स्थानीय सरोकारवालाहरु संग बहस तथा पैरवी सम्पन्न भएको छ । एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र एकता किशोर किशोरी संजाल पाल्हिनन्दन (५ को आयोजनामा बाल विवाह तथा विभिन्न समस्यामा आधारित स्थानीय सरोकारवालाहरु संग बहस तथा पैरवी सम्पन्न भएको हो ।
युवाहरुको साझेदारी सामुदाय विकासमा जिम्मेवारी भन्ने मुल नाराको साथ बाल विवाह तथा विभिन्न समस्यामा आधारित सरोकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको हो। संजालका अध्यक्ष हेमलता गुप्ताको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख अतिथता र प्रमुख प्रशासकिय अधिकृत श्रिप्रसाद गौतमको विशिष्ट अतिथता र एविसि नेपालका क्षेत्रीय प्रमुख मनोज लामिछानेको विशिष्ट अतिथतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकास कार्यमा सहयोग गर्नका लागि भबिष्यको थालनी गर्नु भन्दा बर्तमानलाई उजागर गर्दै समस्या समाधान र विकासमा भुमिका निर्वाह गर्नु पर्ने बताएका थिए ।
साथै किशोर किशोरीहरूले स्थानीय समस्या समाधान र विकासका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग बहस तथा पैरवी गरि समस्या समाधानका उपायहरु अपनाउनुपर्ने बताए । किशोर किशोरीहरुले गरेको हरेक काममा सहयोग साथ गर्ने बताउँदै किशोर किशोरीहरुको समस्यालाई आफ्नो समस्या ठानि समस्यालाई समाधान गर्ने बताएका थिए । उनले किशोर किशोरीहरुले गरेको काम प्रतिखुसि ब्यक्त गर्दै गाउँपालिका बाट विभिन्न स्टेसनरी र ल्यापटप , मोडुलर जस्ता सामाग्री सहयोग समेत गरेको बताएका थिए ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि गौतमले बाल विवाह तथा समुदायमा दिनप्रतिदिन घटिरहेको अनेकौं घटना र किशोर किशोरीहरुले गर्ने हरेक राम्रो क्रियाकलापमा गाउँपालिका बाट र आफ्नो ब्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताए । साथै किशोर किशोरीहरुले विभिन्न कार्यक्रम सञ्चालन गरि गाउँपालिकालाई सहयोग गर्दै आएको बताउँदै किशोर किशोरीहरुको आत्मबल बढाउनको लागि पालिकाबाट चाहिने हरेक सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि लामिछानेले तालिममा प्राप्त ज्ञान र उपलब्धिहरुले समाज विकासको कार्यमा सहयोग पुग्ने भएकाले किशोर किशोरीहरुले विकासको फाटोमा अगाडि बढ्न जरुरि रहेका बताएका थिए । साथै समाजमा भएका विभिन्न समस्या, विकासको कार्यहरुलाई सहि मार्ग निर्देशन दिन र किशोर किशोरीहरुले गरेको क्रियाकलापहरुमा स्थानीय सरकारको ध्यान पुर्याउन हामी सबैको साझा दायित्व पनि रहेको बताए । यहाँका किशोर किशोरीहरुले गरेको हरेक काममा एविसि नेपाल र पाल्हिनन्दन गाउँपालिकाको सधै साथ सहयोग रहने बताउदै बाल विवाह जस्ता विभिन्न समस्याहरुको समाधानका लागि हामी सबैले मिलेर आवाज उठाउन जरुरी रहेको बताएका थिए । साथै पाल्हिनन्दन गाउँपालिकाले किशोर किशोरीहरुको भबिस्य निर्माणका लागि गरेको उदारणीय सहयोगका लागि धन्यवाद समेत दिएका थिए ।
सो कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाले किशोर किशोरीहरुको आत्मबल बढाउनको लागि र शिक्षाको पहुँचमा पुर्याउनको लागि त्रिपाल ४८ वटा ,ल्यापटप १ वटा ,प्रोजेक्टर १ वटा कपि कलम १८०० पिस ,मोडुलर ६ सेट लगाएतको सामाग्री पाल्हिनन्दनका किशोर किशोरीहरुलाई सहयोग गरिएको थियो ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष गोधन प्रसाद हरिजन, एविसी नेपाल का सुपरभाइजर विष्णु परियार , राजेश आर्या , भोलेन्टियर बन्दना थारु , लेखा अधिकृत उमेश देवकोटा , कार्यक्रम कोडिनेटर कृति थापा , समाजसेवी पशुपति गुप्ता , पत्रकार महेश यादव लगाएतको अतिथिहरुको सहभागीता रहेको कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका भित्रका किशोर किशोरीको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन एविसि नेपालका सुपरभाइजर राजमन बरईले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij