
आइतवार , भाद्र १३, २०७८
काठमाडौँ, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा ९एकीकृत समाजवादी० ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहनुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij