२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

१८ लाखको लगानिमा दुई युवाले बुटवलमा खोले द मोटो क्लिनिक 

आइतवार , भाद्र १३, २०७८

बुटवल ।  बुटवलको कालिकानगरमा द मोटो क्लिनिक सञ्चालनमा आएको छ। बुटवल वडा नं ११ कालिका चोकमा सञ्चालनमा आएको यस किल्निक बाट मोटरसाइकलसँग सम्बन्धित सम्पुर्ण सामाग्रीहरु पाइने सञ्चालकले बताएका छन्। यो ग्यारेज  दुई युवाको करिब १८ लाखको लगानीमा सञ्चालनमा आएको हो। 

सञ्चालक विकल्प ठकुरीले भदौ ट गते स्थापना भएपनि स्थापनाको अवसरमा विभिन्न छुट हरु समेत दिएको जानकारी गराए।  उनले स्थापनाको केहीसमय मोटरसाईकल सर्भिसिङ्ग निःशुल्क गरेको तथा अन्य पार्टपुर्जा मा १० प्रतिशतसम्म छुटको व्यवस्थापन गरेको समेत जानकारी गराए । 

यस्तै अर्का लगानीकर्ता कुल कडेलले नेपालमा नै स्वरोजगार हुँदा खुशी लाग्ने भएकोले यही लगानी गरेको बताउँछन । 
उनले मोटरसाइकल वर्कसपमा हुने सम्पुर्ण सुबिधा आफुहरुले उपलब्ध गराउने बताउँदै समाग्री र काममा गुणस्तरीयतामा पनि ध्यान दिने प्रतिबद्धता ब्यक्त गरे। उनले मल्टी मिडिया ब्राण्ड मोटरसाइबल वर्कसप , फ्रि पिकअप एण्ड डेलिभरि सर्भिस फ्रि मोटरसाइकल चेकअप,मोटरसाइकल हेल्मेटस ,एसेसरिज, वाइ एण्ड सेल्स,मोडिपिकेसनस,रिनटेल सर्भिस ,रोड एसिसटेण्ट , वाइक वासिङ लगायतका कामहरु गरिने जानकारी दिए।