२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

बाढीपिडित परिवारलाई रामग्राम नगरपालिकाले २ हजार सहयोग गर्दै

आइतवार , भाद्र १३, २०७८

परासी, १३ भदौ । बाढीबाट प्रभावित भई छाक टार्न समस्या भएका बाढीपिडित परिवारहरुलाई रामग्राम नगरपालिकाले खाद्यान्न खरिद गर्न नगद २ हजार रुपैया वितरण गरिरहेको छ । जिल्लाको रामग्राम नगरपालिकाले त्यस्ता बाढी प्रभावित घरधुरीहरुलाई तत्काल राहत होस भनि खाद्यान्न खरिद गर्न आजदेखि नगरका १८ वटै वडाहरु मार्फत नगद रु २ हजार रुपैया वितरण कार्यमा तिब्रता दिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । 

शुक्रबार अविरल बर्षाका कारण आएको बाढीले सदरमुकाम परासी बजार सहित नगरका विभिन्न क्षेत्रहरु डुबानमा परि करोडौको क्षति भएको छ । बाढीले नगरमा २ जनाले ज्यान गुमाएका छन् भने ४० जति कच्ची एवं छानोको घर भत्केका छन् । आधा दर्जन उद्योग तथा सय बढि पसलहरु डुबानमा परि करोडौको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै बाढीले सयांै घरहरु डुबानमा परि खाद्यान्न, कपडालत्ता, ओछयान, फर्निचर र ईलेक्ट्रिकका सामानहरु भिजेर विग्रेका छन् । 

यस्तो विपत्तिका बेला नगरपाकिाले नगरको १८ वटै वडाका करिब १ हजार गरिबविपन्न बाढी प्रभावित घरपरिवारहरुलाई तत्काल राहत स्वरुप १८ लाख रुपैया वितरण गर्न शनिवार नगरपालिकाको कार्यपालिका बैठकबाट सर्वसम्मत रुपले निर्णय गरि आजदेखि वडाहरु मार्फत पिडित परिवारलाई नगद रु २ हजार रुपैया वितरण गरिरहेको नगर प्रमुख गुप्ताले जानकारी दिए । त्यस्तै रामग्राम नगरपालिका १८ पम्पापुर बस्ने बाबुछोराको बाढीमा डुबेर ज्यान गएको परिवारलाई क्रिया खर्चभनि नगद २५ हजार रुपैया सहित खाद्यान्न र त्रिपालहरु समेत सहयोग गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिए ।  

यता बाढीले उद्योग, व्यवसाय, पसल र घरहरु डुबानमा परि क्षति भएका पिडितहरु प्रति दुख व्यक्त गर्दै धैर्य गर्न आग्रह गरेको छ । नगरपालिकाले शनिवार हार्दिक अपिल जारी गर्दै नगरमा बाढीबाट मृत्यु भएका २ जनालाई हार्दिक श्रद्धाञ्जली दिएको छ भने डुबानमा समस्यामा परेका परिवारहरुलाई धैर्य धारण गरि सुरक्षित रहन पनि आग्रह गरेको छ । बाढीले क्षति भएको भौतिक संरचना, उद्योग र पसल व्यवसयाहरुको तत्काल वास्तविक क्षतिको विवरण पनि संकलन गरि नगरपालिका र विभिन्न दातृत्व निकायबाट राहत सहयोग जुटाउन नगरपालिकाले पहल गर्ने अपिलमा उल्लेख गरिएको नगर उप प्रमुख रम्भा कुँवरले जानकारी दिइन् । 

त्यस्तै बाढीका बेला रोगहरु फैलिन सक्ने सम्भावना बढि रहेकाले नगरबासीहरुलाई व्यक्तिगत तथा घर आंगनको सरसफाईमा ध्यान दिन आग्रह पनि गरेको छ । बाढीको प्रदुषणबाट उत्पन्न हुने रोगहरुबाट नगरबासीलाई बचाउन नगरपालिकाले सचेतना गराउदै आवश्यक औषधी वितरण गर्न र दुषित पानीलाई शुद्ध गर्न औषधीहरु समेत स्वास्थय शाखा मार्फत वितरण गराईने नगरपालिका उप प्रमुख कुँवरले जानकारी दिइन् ।