२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

कपिलबस्तुका दुई कोरोना सक्रमितको उपचारका क्रममा मृत्यु 

सोमवार , भाद्र २९, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा । कपिलबस्तुको शिवराज नगरपालिकाका दुई जना कोरोना संक्रिमित व्यत्तिको मृत्यु भएको छ । 

    कोरोनाको संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्थायी अस्पताल बुटवल र भैरहवाको भीम अस्पतालमा उपचाररत दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवै जना कपिलबस्तुको शिवराज नगरपालिका २ का हुन् । 

    बुटवलमा उपचार गराइरहेकी शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला हुन भने भीम अस्पतालमा उपचार गराईरहेका ५८ वर्षीया पुरुष भएको अस्पतालले जनाएका छन् । 

    भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पताल आएका उनको राती साढे १० बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । ५८ बर्षिय ती पुरुषमा दमको समस्या रहेका सुचना अधिकारी पोखरेलले जानकारी दिए । 

    कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको सोमबार बिहान साढे ४ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । 

    भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचार गराईरहेका उनमा मिर्गौलाको समस्या रहेको सुचना अधिकारी गौतमले जानकारी दिए । स्वास्थ्यमा समस्यामा आएपछि उनीहरु दुवै जनालाई केहि दिन देखि आईसियुमा राखेर उपचार गराउदै आएका थिए ।