२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लायन्स सिर्जनशील सिद्धार्थनगरको स्थापना, अध्यक्षमा जैसवाल

सोमवार , भाद्र १४, २०७८

भैरहवा, १४ भदौ । 
भैरहवामा नयाँ लायन्स क्लबको स्थापना भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर युथको स्पोन्सरमा लायन्स क्लब अफ सिर्जनशील सिद्धार्थनगरको स्थापना भएको हो । आइतबार एक कार्यक्रमकाबीच भैरहवामा लायन्स सिर्जनशील सिद्धार्थनगरको व्यानर उद्घाटन गरिएको छ । 

विगत आधा दशकदेखि विभिन्न संघ–संस्थामा आबद्ध रहेकी सिद्धार्थनगर–५ बैंकरोड निवासी रागिनी जैसवालको अध्यक्षतामा उक्त क्लब स्थापना भएको हो । क्लबको प्रथम उपाध्यक्षमा शिबु रसाइली, द्वितीय उपाध्यक्षमा पुनम जैसवाल, तृतीय उपाध्यक्षमा रचना श्रेष्ठ, सचिवमा राधा पाण्डे, कोषाध्यक्षमा शिल्पा श्रीवास्तव र जनसम्पर्क अधिकारी (पीआरओ)मा शिव कुमार श्रेष्ठ रहेका छन् । क्लबका २८ जना संस्थापक सदस्यहरु रहेका छन् ।

क्लबको गाईडिङ लायन्समा अर्चित श्रेष्ठ र प्रशान्त मणि रामदाम तथा एक्स्टेन्सन चेयरपर्सनमा असिम सैंजु र सन्दिपनाथ गोंगल रहेका छन् ।

लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जिक्युटिव चिफ महेश चन्द थापाको प्रमुख अतिथ्यता, को–चिफ एड्भाईजर ओम कुमार श्रेष्ठ, डेपुटी चिफ अर्चित श्रेष्ठ, डेपुटी सेक्रेटेरी विजय पाण्डे, रिजन चेयरपर्सन धिरज मल्लिकको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथको स्पोन्सरमा महिलाहरु मात्र आबद्ध भएको लायन्स क्लब अफ सिर्जनशील सिद्धार्थनगर दोस्रो क्लब हो । यस अघि लायन्स युथको स्पोन्सरमा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ स्थापना भएको थियो । त्यस्तै लायन्स सिद्धार्थनगर युथका सदस्यहरु यस क्षेत्रका १४ वटा लायन्स क्लबमा अध्यक्षको जिम्मेवारी सम्हालेको क्लबका पूर्वअध्यक्ष तथा रिजन चेयरपर्सन धिरज मल्लिकले बताए ।