
सोमवार , भाद्र १४, २०७८
बुटवल, १४ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारणसभा आगामी असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६८ औं वार्षिक साधारणसभा आगामी असोजको १८ गते गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा सम्पन्न गर्नको लागि कार्यसमिति सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । साधारणसभाको लागि हल तथा मञ्च व्यवस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेशनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय बोर्ड सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ । त्यसै गरी संघको विधान संशोधनको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा कोरोना महामारीका कारण संघका गतिविधि समेत प्रभावित भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले त्यसका बाबजुद पनि संघले उल्लेखनीय काम गरेको जानकारी गराएका थिए । संघले गर्ने कार्यक्रममा बोर्डका पदाधिकारी सदस्यहरुलाई रचनात्मक सहयोगको लागि समेत आग्रह गरे ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी सदस्यहरुले धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij