२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

सयपत्री युवा क्लबको अध्यक्षमा काउचा

सोमवार , भाद्र १४, २०७८

बुटवल, १४ भदौ ।
सयपत्री युवा क्लबको १२ औं साधारणसभा तथा सातौ अधिवेशनबाट विशाल काउचाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सोमबार भएको क्लबको अधिवेशनबाट उपाध्यक्षमा थम बहादुर पुन, सचिवमा निरज गुरुङ, सह-सचिवमा सन्तोष गुरुङ, कोषाध्यक्षमा प्रिया सारु तथा सदस्यहरु दिपेश गुरुङ, दिपेन्द्र राना, अभिशेष ठाकुर, सुष्मा गुरुङ, रोहन राना, लव गुरुङ निर्वाचित भएका छन् । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष पदम बहादुर थापाले उद्घाटन गर्दै खेल विकासमा क्लबको योगदानबारे चर्चा गरेका थिए ।

क्लबका अध्यक्ष विशाल काउचाले फुटबलमा पहिचान बनाएको क्लबलाई थप सशक्त बनाउने गरी दिर्घकालिन योजनासहित अघि बढ्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य माया बरालले युवाहरुलाई एकतावद्ध गराएर खेलकुद र सामाजिक क्षेत्रमा अग्रसर गराउन सफल भएको बताइन् । यस क्षेत्रमा खेलकुद गतिविधि गर्ने पुरानो क्लबमध्ये सयपत्री सामाजिक गतिविधिमा समेत क्रियाशिल रहेको छ ।