२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा बाढीप्रभावितलाई खाद्यान्न वितरण

मंगलवार , भाद्र १५, २०७८

भैरहवा, १५ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले बाढीप्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले सोमबार रुपन्देहीको ओमसतिया गाउँपालिका–का २५ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको कार्यक्रम संयोजक विपिन कुमार साह गुप्ताले बताए । प्रतिपरिवार एक बोरा चामल, दाल, चिउरा, मटर, सोयाबीन, तेल, नुन वितरण गरिएको क्लबका सचिव प्रमोद रिजालले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नरले नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगरले राम्रो काम गरेको बताए । उनले बाढीप्रभावितलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बरालले लायन्स क्लबले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल वर्ष २०२१/२२ का अध्यक्ष महेश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममालायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को-चिफ एडभाइजर विनोद खरेल, क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन ओम जैसी, पूर्व अध्यक्ष एवं जोन चेयरपर्सन दिपक कौशल, क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र थापा, द्वितीय उपाध्यक्ष भोजराज बस्याल, तृतीय उपाध्यक्ष खेम कार्की लगायतको उपस्थिति रहेको थियो ।


240575889_1214225215757045_2567575800046154484_n.jpg241010144_151871763762337_1389539667186737750_n.jpg