
मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
लायन्स क्लब अफ शंकरनगर बाढीप्रभावितहरुलाई राहत वितरण गरेको छ । क्लबले सोमबार ओमसतिया गाउँपालिका वडा नम्बर १ का १० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । क्लबले १ बोरा चामल, दाल, तेल र नुन गरी प्रतिपरिवार रु २ हजार ५ सय बराबरको सहयोग गरेको जनाएको छ ।
क्लबका अध्यक्ष प्रकाश आत्रेयको अध्यक्षता तथा ओमसतिया गाउँपालिका १ का वडाध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जोन चेयरपर्सन मुकुन्द ज्ञवालीले मानवीय सेवामा लायन्स क्लबले पुयाँउदै आएको योगदान र सामाजिक क्षेत्र गरिरहेका गतिविधिको बारेमा जानकारी गराएका थिए । राहत वितरणमा समन्वय गरिदिने पत्रकार सरु रानाले समस्यामा परेका परिवारलाई सहयोगको हात बढाएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रमुख अतिथि वडाअध्यक्ष बेल बहादुर बराल मगरले बाढीप्रभावितलाई सहयोग गर्ने लायन्स क्लब शंकरनगरलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । क्लबका अध्यक्ष आत्रेयले सबै सदस्यहरुले केही रकमहरु उठाएर यो राहत वितरण गरिएको र आगामी दिनमा सामाजिक सेवा र मानवीय सेवामा निरन्तर लागि पर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij