
मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले बाढीप्रभावित परिवारलाई राहत वितरण गरेको छ । क्लबले रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित पक्डिहवाका १५ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको कार्यक्रम संयोजक इन्द्रजित रायले बताए ।
क्लबका संस्थापक अध्यक्ष कपिल चापागाईले बाढी प्रभावित क्षेत्रमा पुगेर प्रभावितबारे जानकारी लिएपछि खाद्यान्न वितरण गरिएको बताए । ‘राहत आवश्यक भएका परिवारको छनौट गरेर प्रभावितकै घरमा पुगेर सामग्री वितरण गरेका हौं, ’चापागाईले भने ।
क्लबका अध्यक्ष कपिल चापागाईको अध्यक्षता, कार्यक्रम संयोजक इन्द्रजित रायको स्वागत तथा अंकित खातीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij