images

बिहिवार, बैशाख २७ गते २०८१

पाल्हिनन्दनको शंकरपुरका बाढीबाट बिस्थापित २०६ घर परिवारलाई राहत बितरण

पाल्हिनन्दनको शंकरपुरका बाढीबाट बिस्थापित २०६ घर परिवारलाई राहत बितरण

images
images
images
मंगलवार, भाद्र १५ २०७८
मंगलवार, भाद्र १५ २०७८
  • पाल्हिनन्दनको शंकरपुरका बाढीबाट बिस्थापित २०६ घर परिवारलाई राहत बितरण

    परासी ,१५ भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ ।

    युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा अबिरल बर्षाको कारण पाल्हिनन्दन गाउँपालिका वडा नं। १ शंकरपुरका डुबानमा परी खेतबारी नष्ट भएको र बिस्थापित अति बिपन्न २०६ जना घर परिवारलाई राहत प्रदान गरिएको हो ।

    बिस्थापित अति बिपन्न परिवारलाई २५ किलो चामल ,३ किलो दाल , २ लिटर खानेतेल , २ प्याकेट आयोडिन नुन  , १ थान त्रिपाल,चिनि २ किलो,२ किलो चना,१ प्याकेट बेसार ,मसला १ प्याकेट,आलु ५ किलो ,पियाज ५ किलो ,डिटोल साबुन २ वटा,कपडा धुने साबुन २ वटा र स्वाबिन ४ प्याकेट प्रती घर परिवारलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिएकी हुन्।

    राहत हस्तान्तरण गर्दै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको टिम लिडर सब्बु तमाङले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताइन् । उनले जनताको दुःखसुखमा साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गरेकी हुन्।

    विपद् ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत बितरण गरिएको बताएका हुन् । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा राहत प्रदान गरेको बताउदै विपदको समयमा गरेको मानविय कामको प्रशंसा समेत गरेका हुन्।

    त्यस्तै उपाध्यक्ष पबित्रा कोहारले पाल्हिनन्दन गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रको धानबाली नष्ट भइरहेको छ। सो क्षेत्र हेर्दा मन पोलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यको प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिएका हुन् । 

    राहत बितरणमा वडा नम्बर १ का वडा अध्यक्ष ललग्न प्रसाद यादव, कार्यपालिका सदस्य राज कुमारी कोहार,सुनवल सामुदायिक विकास केन्द्र सचिव ठाकुर प्रसाद खनाल,युनाइटेड मिसन टु नेपालको रिकोभ परियोजना अधिकृत ज्योति सेढांई,लैंगिक समानता परियोजना संयोजक राधा सापकोटा ,रिकोभ परियोजना संयोजक सबिना रेग्मी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुको सहभागीतामा राहत बितरण गरिएको हो ।

    स्थानीयले राहत सामग्री पाएपछि खुसि ब्यक्त गर्दै पाएको राहतबाट केही दिन छाँक टार्न सहज भएको भन्दै खुशी ब्यक्त गरेका हुन ।

    images
    images
    images

    240391469_117807817174879_375161262773170717_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij