
मंगलवार , भाद्र १५, २०७८
बुटवल, १५ भदौ ।
लायन्स क्लब अफ बुटवल देउरालीको आयोजनामा तिलोत्तमा–६ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । आनन्दवन स्वास्थ्य चौकीमा भएको शिविरमा १५५ जना महिला र १५३ जना महिला गरी ३ सय ८ जनाले आंखा चेकजांच गराएका छन् । तीमध्ये ३१ जना मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने रहेका र उनीहरुको लायन्स आँखा अस्पताल बुटवलमा निशुल्क उपचार हुने आयोजक क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलले बताए ।
शिविरमा सिनियर ओए मनोहर न्यौपाने, ओए अखिलेश यादव, स्वास्थ्यकर्मी विकल्प गौतम, अनमि अनिता दर्लामीले चेकजाँच गरेका थिए । शिविर उद्घाटन समारोहमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस गभर्नर नवराज न्यौपाने, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुखदेव न्यौपाने, लायन्स डिष्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकोटा, एरिया ४ चिफ जीवन गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष रमेश पाण्डेको स्वागत, सचिव कृष्ण भण्डारीको सञ्चालन र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । शिविरको सह–आयोजकमा लायन्स क्लब बुटवल कालिका रहेको थियो । कालिकाले करिब ५० हजार रुपैयाँ बराबरको औषधि सहयोग गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij