२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

बुटवल उवासंघमा सुनचाँदी वस्तुगत समिति गठन

मंगलवार , भाद्र १५, २०७८

बुटवल, १५ भदौ । 
बुटवल उद्योग वाणिज्य संघमा सुनचाँदी वस्तुगत समिति गठन गरिएको छ । संघका विषयगत व्यवसायीहरुको भेलाले हर्षबहादुर विकको सभापतित्वमा सुनचाँदी वस्तुगत समिति गठन गरिएको हो । समितिको उपसभापतिमा गोकुल विश्वकर्मा, सचिवमा रमेश (दलमान) गहतराज, कोषाध्यक्षमा शेरबहादुर गहतराज र सह–सचिवमा बुद्धबहादुर सुनारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा किशोर कुमार वि.क., दलबहादुर वि.क., खड्गबहादुर खड्का (बिक), रामलाल वि.क. र हिरा गहतराजलाई चयन गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायिक हकहितको लागि सम्बन्धित व्यवसायीका समस्या उठान गर्न वस्तुगत समितिलाई आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने बताए । विशेष गरेर सुनचाँदी व्यवसायमा सुरक्षाको दृष्टिकोणले चुनौती देखिएको बताउँदै सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आफ्ना पसलमा सिसिटिभी अनिवार्य गर्न आग्रह गरे ।

सुनचाँदी वस्तुगत समितिका समन्वयकर्ता कार्यसमिति सदस्य संजय कलवार जयसवालको संयोजनमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, जमुना पौडेल, मीना प्रधान लगायतको सहभागिता रहेको थियो ।