
मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तरगत गठित मोटर वस्तुगत समितिले अनाथ आश्रममा खाद्यान्नसहित नगद सहयोग गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै मंगलबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा चामल, दाल, तेल, आलु लगायतका खाद्यान्नसहित नगद ५ हजार रुपैयाँ सहयोग गरेको हो ।
आश्रममा आयोजित कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, मोटर वस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवाली, कार्यक्रम संयोजक भोला सिंह कबिरले आश्रमका अध्यक्ष डोरबहादुर रामदामलाई उक्त खाद्यान्नसहित नगद हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा संघका अध्यक्ष कसजूले संघ अन्तरगत गठित वस्तुगत समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अपांगता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकामा धन्यवाद व्यक्त गरे । उनले संघमा २९ वटा वस्तुगत समिति रहेको र सबै वस्तुगत समितिले केही न केही सामाजिक काम गरिरहेको बताउँदै आवश्यक ठाउँमा संघबाट पनि सहयोग भइरहेको जानकारी दिए । मोटर वस्तुगत समितिका सभापति ज्ञवालीले विपन्न तथा अपांगता भएकाहरुलाई केही राहत पुगोस् भरेर थोरै भए पनि जति सकिन्छ सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष रामदामले आश्रममा परिवार बिहिन विपन्न व्यक्तिहरुले आश्रय लिइरहेको बताए । यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाइरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु प्रतिक पोखरेल, संजय कलवार जयसवाल लगायत मोटर वस्तुगत समितिका पदाधिकारी सदस्यहरु सहभागि उक्त कार्यक्रममा संयोजक भोला सिंह, विष्णु श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij