
मंगलवार , श्रावण ६, २०७७
बुटवल, २ साउन ।
रुपन्देहीमा ह्याप्पी साइकल क्लब गठन भएको छ । बुटवलका व्यवसायी तथा खेलकुदप्रेमी सुमन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन भएको हो । जसको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिवमा सुमित खनाल, कोषाध्यक्षमा गोबिन्द शाही सह-सचिवमा मनिष श्रेष्ठ तथा सदस्यहरुमा सन्दिप श्रेष्ठ, सागर पौडेल, बिन्दु श्रेष्ठ, टिका पौडेल, आशिष श्रेष्ठ, प्रताप श्रेष्ठ, मच्छिन्द्र श्रेष्ठ, विबेक श्रेष्ठ, सन्दिप पौडेल, मनिक श्रेष्ठ र विरेन्द्र पाण्डे रहेका छन ।
शुक्रबार जिल्ला साइक्लिङ संघका अध्यक्ष पुुकार थापाले भेलालाई सम्बोधन गर्दै साइकलको क्रेज बढेको बेला क्लबहरुको गठनबाट थप गतिविधि बढ्ने आशा ब्यक्त गरे । जिल्लामा हुने हरेक गतिविधिहरुलाई पारदर्शी र एकतावद्ध गर्दै सबै मिलेर जानपर्ने समेत उनले सुझाव दिदै स्थानिय सरकारबाट साइकलमैत्री पूर्वाधार बनाउने आश्वासन पाएको बताए ।
शुक्रबार नै बसेको पहिलो बैठकले क्लबका सल्लाहकारमा नवराज ढकाल, प्रविण श्रेष्ठ, प्रदिप बराल र हरि क्षेत्रीलाई मनोनित गरेको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, सचिव अशोक राईले साइकललाई खेलकुद र पर्यटनसंग जोडेर अघि बढ्न जरुरी रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij